गजल
चोट दियो तिमिले आँखा रसायो आँशु पुछ्दै छु ।
के हालत बनायो मेरो म आफैबाट लुक्दै छु ।
कस्तो वचनको वाण चलायो की सह्न सकिन
मुटु मेरो घाईते भयो निशब्द आज दुख्दै छु ।
तिमिले गर्दा आज जिवन यात्र गार्हो भको छ
हत्केलामा साँस च्चापी म जिवनसँग जुद्धै छु ।
प्रेम शिखर चढाएर किन धकेल्यो मलाई
प्रेम प्यारी भएर म आज प्रेमबाट टुट्दै छु ।
अविरलको कलमबाट खबर तिमिलाई
तिमि सधैं खुशी रहनु म दुनियाँबाट उठ्दै छु ।
प्रयास प्रेमी मैथिल आर.एन.मेहता




























