maithilisahitya, मैथिली कव, मैथिली गजल, मैथिली गीत, मैथिली कथा, मैथिली साहित्य MAITHILISAHITYA: नेपाली गजल

फ़ॉलोअर

मैथिली साहित्य, मैथिली गजल, मैथिली कथा , मैथिली कविता, मैथिली गीत , कहमुकरी, चारपातिया

सामाचार

सामाचार

 


गजल


चोट दियो तिमिले आँखा रसायो आँशु पुछ्दै छु ।

के हालत बनायो मेरो म आफैबाट लुक्दै छु ।


कस्तो वचनको वाण चलायो की सह्न सकिन

मुटु मेरो घाईते भयो निशब्द आज दुख्दै छु ।


तिमिले गर्दा आज जिवन यात्र गार्हो भको छ

हत्केलामा साँस च्चापी म जिवनसँग जुद्धै छु ।


प्रेम शिखर चढाएर किन धकेल्यो मलाई

प्रेम प्यारी भएर म आज प्रेमबाट टुट्दै छु ।


अविरलको कलमबाट खबर तिमिलाई

तिमि सधैं खुशी रहनु म दुनियाँबाट उठ्दै छु ।



प्रयास प्रेमी मैथिल आर.एन.मेहता

 



गजल


के भनुँ , तपाईले घरको गुन्द्री दुनियाँलाई देखाउनु भयो ।

आफ्नो छोरालाई वैरी र वैरीलाई आफ्नो छोरा बनाउनु भयो ।


सौतेली आमा पनि सौताको छोराको ईज्जतलाई आफ्नो सम्झिन्छ

आमा आफ्नै छोराको ईज्जत उछालेर के नाम कमाउनु भयो ।


यो आमा भन्ने शब्द कति पवित्र छ जसमा कुनै दाग हुँदैन 

आफ्नो नैतिकलाई बेचेर आमा शब्दमा दाग लगाउनु भयो ।


बालपन आमा बिना , योवन बुबाको बिना बिताएको छु मैले

आफ्नो निजि स्वार्थका लागि दुवैले मलाई पाखा धपाउनु भयो ।


अब दु:खलाई अंगाली आफ्नो जिवन यात्रामा हिडिरहेको छु

धन्यवाद छ बुबा आमा की मेरो जिवन यात्रा सम्झाउनु भयो ।


हेर आज सबैले प्रमाणित गर्नुभयो की अविरल एक्लै छ

हो आज अविरल एक्लै छन उसको भाग्यले बताउनु भयो ।


अविरल यात्री


 

गजल


बाँच्ने आशाहरू मरि सक्यो तिम्रो पर्खाईमा   ।

पोलिन म तयार छु काँटी छैन सलाईमा ।


आफ्नो अन्तर मनले सुन्ने कोशिश गर्नुस

मेरो मृत्युको धुन बज्छ तिम्रो सहनाईमा ।


केको हतार थियो की मलाई भनेनौ तिमि

उपहार यो मेरो मुटु लैजाऊ बधाईमा ।


धेरै खुशी छु म तिमिलाई गुमाएर पनि

तिम्रो मन छ मसँग योवन छ पराईमा ।


तिमिलाई यो अविरलको याद आएपछि

झाकेर हेर्नु भेट्छु म मनको गहिराईमा ।


अविरल यात्री


 

गजल


सपनालाई साथमा लिई विदेसिदै छन युवा यहाँ रोजगार कहाँ छन ।

चुलो चिसो छन , पेट भोकै छ , यहाँ भोकाहरूले बोल्ने अधिकार कहाँ छन ।।


देशको सिमा मिचिदै छन, अर्थतन्त्रलाई विदेसी डलरले थिचेका छन

पुलिसहरू चौकीमा , आर्मीहरू ब्यारेकमा तर हाम्रो सरकार कहाँ छन ।


कृषि प्रधान भनेर चिनिने हाम्रो देश, उही नदीनाला उही जमिन छन

अंग्रेजी पिजा अर्गर बर्गर भित्रियो तर यहाँ फलेका आहार कहाँ छन ।


हामी उही हो हाम्रो पहिचान उही हो, झण्डामा अंकित चन्द्र सुर्य उही हो

दुश्मनको समिप खुकुरीको धारमा हाँस्ने गोर्खाली मुटुको आकार कहाँ छन ।


भनौं की नभनौं अन्योलमा छु पैसाका निम्ति धर्म बदल्नेहरूलाई देखेर

हाम्रा पुर्वजले दिने गर्थ्यो लिएन कहिल्यै तर आज त्यो संस्कार कहाँ छन ।


अविरल यात्री.


 गजल


बा म पनि त तपाईकै रगत हो मलाई किन चिन्नु भएन ।

भाईलाई  दिए झै माया स्नेह मलाई पनि किन दिनु भएन ।


बाबा एकदिन तपाईले नबोलाए पनि म दोडिदै आउछु

तपाईकै  अगाडी मेरो हत्या भएको  तपाईले देख्नु भएन ।


 जब त्यो पल स्मरण हुन्छन मलाई मनभित्र आगो सल्किन्छ

तपाई त  मलामी बन्नु भयो तर दुश्मनलाई रोक्नु भएन ।


 अब त  तपाई प्रति उम्रिने आशाको मुनालाई भाँच्ने गर्दैछु 

जरा मुल जड हो जरालाई कहिल्यै छात्ती लगाउनु भएन ।


म अहिले तपाईको सहारा बिना नै अविरल भएको छु बा 

हामी एउटै नदीका  किनारा हुँ भाईलाई बताउनु भएन ।


अविरल यात्री


 गजल


गार्हो हुन्छ परदेसबाट सबैको चित्त बुझाउन ।
आफैले आफुलाई बिर्सि ब्यस्त हुन्छ नाता जोगाउन ।

दिनभरिका थकान मेटाउन कोठामा आएपछि
श्रीमति फोनमा शुरु गर्छिन आफ्नो कथा सुनाउन ।

आफ्नो लागि पनि केही किन्छु भनि सपिंग मल गए
यसपाली तिर्थ जाने बुबाले भन्यो पैसा पठाउन ।

कौसीमा बस्दा म कतिखेर निदाएको थाहा भएन
राती भोकै सुतेछु कोही आएन मलाई उठाउन ।

परदेसीको जीवन अरुको हो अविरलले लेख्दा
मुटु भक्कानियो सकिएन आँशुलाई सम्झाउन ।

अविरल यात्री


 


गजल

नखानु हरेस तिमि आफुलाई कहिल्यै एक्लै सम्झेर ।

सबैको मन जित्नु गुलाब जस्तै आफ्नो मुस्कान छर्केर ।


खुट्टा तान्नेहरु धेरै भेट्नेछन तिम्रो जीवन यात्रामा

कसैलाई नसुन्नु तिमि गन्तब्य तिर दोड्नु लम्केर ।


घृणा गर्नेहरुलाई पनि सम्मान गर्ने गर्नु तिमिले

समाजलाई सुगन्धित पार्नु पारिजात जस्तो गम्केर ।


गाउँ गाउँमा निर्माण हुँदैछन अनगिन्ती लंकाहरु

जलाउनु हनुमानको पुच्छरको आँगो जस्तो बलेर ।


चिन्ता नलिनुस अविरल यात्रीको कलमले लेख्दैछ

तपाई सत्यसँग उभिनु असत्य आफै जान्छ बगेर ।


अविरल यात्री

 नगर कल्पना भविष्यको तिमि भुतमा हराएर ।

गन्तब्य टाढा छ नफाल समय चौतारीमा विसाएर ।


सब बहिरा छन यहाँ कसैले सुन्दैन तिम्रो पिडा 

किन होहल्ला मचाउँदै छौ जोर जोरले चिच्याएर ।


अरुको आशामा नवस तिमि यहाँ सब स्वार्थी छन

आफुलाई चिनाउनु आफ्नो पाईला अगाडी सारेर ।


अन्धकार कोठामा निदाएका मुर्ख आत्माहरुलाई

प्रकाशको दर्शन गराउनु आफ्नो ज्योति जलाएर ।


पानी चल्दैन भन्छ सबको घरमा तिम्रो सिप चल्छ

भेदभावलाई हटाऊ ज्ञानको उपदेस बाँडेर ।


अविरल यात्री




 तिमि आउने आशमा बसेको छु म यो मनलाई सम्झाएर ।

सबैसँग हाँसेर बोल्दछु नयनका आँशुहरु लुकाएर ।


मेरो मन जलि रहेछ तिम्रो यादमा हर पल हर क्षण

भन के आनन्द पाउँछौ तिमि यसरी मलाई तडपाएर ।


मलाई यसरी तिमिले आँशुको उपहार दिनु नै थियो त

मेरो नजिक किन भयो अनेक थरिका सपना देखाएर ।


मलाई पागल बनाएर बिच बाटोमा एक्लै छोडेर गयो

मेरो मायालाई लत्यायो अरुकै नामको सिन्दूर सजाएर ।


नसालाई साथी बनाई तिमिलाई बिर्सिने कोसिस गर्दैछु

क्यान्सरको पोखरीमा पौडिदै छु चरोटका धुँवा उडाएर ।


अविरल यात्री

 


कसैको  वास   छैन   सुन्दर   महल  भएर  के  गर्नु ।

साँस  बिनाको  यो शरिर  जन्मस्थल  भएर  के गर्नु ।


बाटो  हिड्ने बाटुवा  तिर्खा लागेर  भौतारेदै  आएछ

कति  पनि   पानी  नै  नआउने  नल  भएर  के  गर्नु ।


मानव   जीवन   संघर्षबाट  हार   खाई  सके   पछि

जीवनकलाको   जति  नै  अडकल   भएर  के  गर्नु ।


आत्मा  बिनाको  लास  आर्याघाटमा  छटपटाउँदै छ

काठ   दाऊरा  नै   नपाउने   जंगल   भएर  के  गर्नु ।


जीवन यात्रा गर्दा गर्दै आज एक्कासी पाईला रुक्यो

जीवनको   अन्त्य   तय छ  अविरल  भएर  के  गर्नु ।


अविरल यात्री


 

अहिले   मेरो  मन  भारी  छ  देशको  शृगार  हेरेर ।

अराम   छैन  दौधारमा  छु  चुनावी   सिकार  हेरेर ।


हेर्दैछु आज सिङ्गो नेपाल ऋणमा डुबि  सकेको छ

यहाँ   प्रजाहरु  रुदै   छन   संसद   विस्तार   हेरेर ।


नेतालाई  के  मतलव  ऊ  गद्दीमा  मोज   गर्दैछन

युवा  जति  खाँडी  गयो घरको  चुलो लचार  हेरेर ।


देशको   रगत   चुसेर   चोरहरु   मोटाएका   छन

जनता  चोरलाई  नै भोट  दिन्छ  के आधार  हेरेर ।


यो देशलाई लिलाम गर्न खोज्दै छन देश भढुवाले

अब   स्वतन्त्र  उभिदैछ   देशमा  अत्याचार  हेरेर ।


अविरल यात्री  ( आर. एन. मेहता )




घाईते  यो  मेरो   मुटुको  कहाँ   गएर  उपचार  गरु ।

विग्रि  सक्यो  मेरो  जीवन  अब  कसरी सुधार  गरु ।


मलाई  भुलेर कहिल्यै  नभुल्ने  गुण लगायो ममाथि

दौधारमा  परेको छु  कसरी  म उसको  अभार  गरु ।


अनेक  कसम  खाएर  उसँग  पिरती  लाएको  थिए

धोका दियो यो मनले  मान्दैन म कसरी स्वीकार गरु ।


जताततै    उसैको    दर्पण    हेर्दछन   मेरो   नयनले

मरि   सकेका  सपनाहरुको  म  कसरी   उध्दार  गरु ।


यसरी  दौबाटोमा  छाडेर  गयो  क्रोध  उठेर  आउँछ

मनमा  वास  दिएको  ब्यक्तिमाथि  कसरी प्रहार गरु ।


भनिदिनुस  आज यो अविरल  यात्रीको  कलम द्वारा

तपाईको   नवजीवनको  लागि  म  के  उपकार  गरु ।


अविरल यात्री


 मेरो भाग्यमा थिएनौं तिमि बाटो छेकेर के गर्नु ।

मै अरुको काँधमा छु तिम्रो भारी बोकेर के गर्नु ।


मेरो शरीर संगै मेरो सपना खरानी हुने छ 

फर्किने बाटो छैन तिम्रो मुहार हेरेर के गर्नु ।


सेतो कागज जस्तो मेरो चरित्र आज दाग लाग्यो

पोलिने सेतो कपडासंग आत्मा जोखेर के गर्नु ।


दु:ख र छाँयाले कहिल्यै पनि मेरो साथ छोडेन

दु:ख बुझ्ने कोही नहुदाँ यो मन दुखेर के गर्नु ।


आर्यघाटमा आज अविरल डढिने निश्चित छ

साथमा तिमि छैन म एक्लै हात सेकेर के गर्नु ।


अविरल यात्री ( आर. एन. मेहता )

 



अरुले कुरा लायो जवाफ दिए आफन्तले लडायो उठ्न सकिन ।
रगतको नाताले नजिक भए तर मन दुखेको जुट्न सकिन ।

नाताको सहारा लिई ममाथि प्रहार गर्यो अनि म बने चट्टान
परेको वेलामा मायाको घनले हान्दा ढुङ्गा जस्तो म फुट्न सकिन ।

भलो सोच्थे म उस्को तर अरुको कुरा सुनेर मेरो बाटो छेक्यो
मेरो शरिरमा पनि त्यै रगत थियो म हिडि रहे रुक्न सकिन ।

कसैले अरुमाथि ईटा फाल्छ भने ऊमाथि कुनैदिन ढुङ्गा झर्छ
दैवको लिला पनि कस्तो रहेछ हेर्न सके म तर बुझ्न सकिन ।

जिवनको अन्त्य मृत्यु सत्य हो यसलाई कसैले रोक्न सक्दैन
म अविरल यात्री आफ्नो कर्मसँग लडि रहे तर झुक्न सकिन ।

अविरल यात्री आर. एन. मेहता

 



मेरो मुटुमा चोट मार्यो  तिमिले सिसामा ढुङ्गाले मारे जस्तो।

मलाई जिउँदै जलायो तिमिले आँगोले खरानी पारे जस्तो ।


मनमा  सपना  सजाएर   तिमिसँग  लक्ष्यतिर  जाँदै  थिए

तिमिले झार्यो मलाई  गुलेलीले रुखबाट आँप झारे जस्तो ।


मैले त  तिमि  वाहेक  अरु  कसैलाई  हेर्ने  गरिन  कहिल्यै

तिमिले त धेरै सम्बन्ध  बनायो  विरालोले गोठ सारे जस्तो ।


म त तिम्रो  नव जिवनको  शुभकामना  दिन गएको  थिए

तिमिले यसरी हकार्यो  की मलाई माग्नेलाई हकारे जस्तो ।


अविरल यात्री  ( आर. एन. मेहता  )




रातभरि  सुत्न  सकिन  सपनाले  सताई रहयो ।

बिहान भएछ   उठनुस  निन्द्राले  बताई  रहयो।


सुर्यको किरणले  मेरो मुहारमा  आक्रमण गर्दा

मेरा दुई  आँखाको  परेलीहरूले  धपाई  रहयो ।


अल्छीपनले  मेरो  जीऊलाई  जोरले  थिचेछन

जीऊलाई केको मतलव ओछ्यान कराई रहयो ।


हामीले  जै गर्दा नि नहुने  किन उठनु  समयमा

वेसर्म  कोठाले  यी सब  दृष्यहरु  पचाई रहयो ।


बाले  कराएर  गयो  आमाले पनि  भनेर  गईन

जीऊले मानेन  मनले भित्रैबाट  चिच्याई रहयो ।


अविरल यात्री (आर. एन. मेहता )





अन्जान यो संसारमा बाटो देखाउने कोही भएन ।

मन मेरो रुन्छ मनलाई सम्झाउने कोही भएन ।


यहाँ सुखमा हातेमालो गर्नेहरु धेरै भेटे मैले

तर दु:खमा परेको वेला हँसाउने कोही भएन ।


पैसावालाको लागि यहाँ ठुलठुला हाँस्पिटल छन

गरिबको घाऊमा मलम लगाउने कोही भएन ।


यो संसारको रित देखेर मेरो आत्मा रुन थाल्छन

यहाँ मसँगै बसेर आँशु बगाउने कोही भएन ।


कहिले नटुङ्गिने यात्रा रहेछ अविरल यात्रीको

जताततै तिरष्कार नाता निभाउने कोही भएन ।


अविरल यात्री ( आर.  एन. मेहता )

नेपाली गजल

म पनि गजलकार बन्छु मनमा आँटेको थिए ।
मनभित्रका कुराहरू साथीसंग साटेको थिए ।

गजल लेख्दा के लेख्दैछौं बाले सोध्नु हुन्थ्यो
होमवर्क गर्दैछु भनेर मैले बालाई ढाटेको थिए ।

मप्रति साथीको मनमा कुहिरो र बादल लाग्दा
निर्जीव कपि र कलमको सहाराले फाटेको थिए ।

सबैले भन्छ आज तिम्रो जीवनमा उज्जयालो छ
किनभने हिजो मैले कालो रात काटेको थिए ।

आज सबै गुरु र साथीहरुबाट प्रतिक्रिया  आयो
हिजो मैले सबैसंग आफ्नो रचना बाटेको थिए ।

                                    - प्रयास प्रेमी मैथिल

                                       - अविरल यात्री
| Copyright © 2016 डिजाईन प्रकाश मैथिल+९७४३३५०५३१४ >