maithilisahitya, मैथिली कव, मैथिली गजल, मैथिली गीत, मैथिली कथा, मैथिली साहित्य गजल | MAITHILISAHITYA

फ़ॉलोअर

मैथिली साहित्य, मैथिली गजल, मैथिली कथा , मैथिली कविता, मैथिली गीत , कहमुकरी, चारपातिया

सामाचार

सामाचार

गजल

गजल
कुन  जन्मको  बदला  लिदैछौं  तिमि मलाई तडपाएर ।
जिन्दगी मेरो सुनसान  भयो सारा  सपनाहरु  हराएर ।

आफन्त मेरो वैरी बन्यो तिमिसंग  माया पिरती लाउँदा ,
तिमिले  अर्कैको हात थाम्यो मलाई  किनारा  लगाएर ।

के  कमि  थियो  मेरो  मायामा  मलाई भन्दा हुन्थ्यो नि ,
मायामा  घात  गर्यो  तिमिले  मेरो  मायालाई लत्याएर ।

अझै  पनि  कति  माया  म  गर्छु तिमिलाई कसरी भनूँ ,
पराई बन्यो  मेरो जिन्दगीबाट नसोचेको नाता बनाएर ।

शुभ  कामना छ  मेरो  तिमिलाई  तिम्रो  नव  जिवनको ,
म जस्तो उसंग नगर्नु जस्ले लग्यो तिम्रो सिउँदो सजाएर ।

प्रयास प्रेमी मैथिल R.N. Arya

कोई टिप्पणी नहीं:

| Copyright © 2016 डिजाईन प्रकाश मैथिल+९७४३३५०५३१४ >