maithilisahitya, मैथिली कव, मैथिली गजल, मैथिली गीत, मैथिली कथा, मैथिली साहित्य MAITHILISAHITYA

फ़ॉलोअर

MAITHILISAHITYA

मैथिली साहित्य, मैथिली गजल, मैथिली कथा , मैथिली कविता, मैथिली गीत , कहमुकरी, चारपातिया

सामाचार

सामाचार

 सपोर्ट लघुबित्तले लखन्तरीमा सम्पन्न गर्‍यो बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम 



२०८० फाल्गुन १८ शुक्रबार

कोशी प्रदेश अन्तर्गत मोरंग जिल्ला ग्रामथान गाउँपालिका वडा नं. १ मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय लखन्तरीले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सँचालन गरेको छ । उक्त कार्यक्रममा जेष्ठ नागरिक केन्द्र नं. ०१९ कि कुमारी विश्वकर्मा ज्यू सभा अध्यक्ष, ग्रामथान गाउँपालिका वडा नं. १ वडा अध्यक्ष श्री सुरेश कुमार माझी ज्यू प्रमुख अतिथिको आशन ग्रहण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा  ६६ जना , शाखाको सबै कर्मचारी तथा केन्द्रीय कार्यालयबाट संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी र आन्तरिक लेखा परिक्षक्षण विभागको सोकेन्द्र कुमार रायको समेत उपस्थिति रहेको थियो ।



उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा, बचत, विमा, विप्रेशन सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो । यस क्षेत्रमा सपोर्ट लघुवित्तले अति विपन्न तथा निम्न वर्गको लागि राम्रो काम गरेको तथा सदस्यहरु आत्म निर्भर समेत भएको जानकारी प्रमुख अतिथि ले गर्नु भएको थियो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने लखन्तरी शाखाको शाखा प्रमुख प्रिति चौधरीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम वडा कार्यालयको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सभाअध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि तथा उत्कृष्ठ केन्द्र , उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ ऋणिहरुलाई प्रसंशा पत्र, खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो । कार्यक्रममा शाखा प्रमुखले स्वागत मन्तव्य संगै कार्यक्रमको उदेश्य तथा महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।



उक्त कार्यक्रममा संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी तथा आन्तरिक परिक्षण विभागको सोकेन्द्र कुमार रायले प्रशिक्षकको रुपमा प्रशिक्षण गरेको जानकारी सोहि शाखाको शाखा प्रमुखले दिनु भएको छ । उक्त कार्यक्रम विहान १०ः३० वजेदेखि बेलुका ५ः०० वजे सम्म् सँचालन भएको थियो ।

 सपोर्ट लघुबित्तले महेन्द्रनगरमा सम्पन्न गर्‍यो बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम 

२०८० फाल्गुन १३ आइतबार

कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको पवित्र धार्मिक स्थल बराहक्षेत्र नगरपालिका वडा नं. ६ मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सँचालन गरेको छ । उक्त कार्यक्रममा जेष्ठ नागरिक केन्द्र नं. ०३६ कि ममता बोगटी  ज्यू सभा अध्यक्ष को आशन ग्रहण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा  ८९ जना , शाखाको सबै कर्मचारी तथा केन्द्रीय कार्यालयबाट संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी र आन्तरिक लेखा परिक्षक्षण विभागको सोकेन्द्र कुमार रायको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा, बचत, विमा, विप्रेशन सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो । यस क्षेत्रमा सपोर्ट लघुवित्तले अति विपन्न तथा निम्न वर्गको लागि राम्रो काम गरेको तथा सदस्यहरु आत्म निर्भर समेत भएको जानकारी सभाअध्यक्ष गर्नु भएको थियो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने महेन्द्रनगर शाखाको शाखा प्रमुख ओम नारायाण चौधरी ले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम श्री दुर्गा काली मंन्दिर को सभा हलमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सभाअध्यक्ष, अतिथि तथा उत्कृष्ठ केन्द्र , उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ ऋणिहरुलाई प्रसंशा पत्र, खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो । कार्यक्रममा शाखा प्रमुखले स्वागत मन्तव्य संगै कार्यक्रमको उदेश्य तथा महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी तथा आन्तरिक परिक्षण विभागको सोकेन्द्र कुमार रायले प्रशिक्षकको रुपमा प्रशिक्षण गरेको जानकारी सोहि शाखाको शाखा प्रमुखले दिनु भएको छ । उक्त कार्यक्रम विहान १०ः०० वजेदेखि बेलुका ४ः३० वजे सम्म् सँचालन भएको थियो ।




 


गजल


चोट दियो तिमिले आँखा रसायो आँशु पुछ्दै छु ।

के हालत बनायो मेरो म आफैबाट लुक्दै छु ।


कस्तो वचनको वाण चलायो की सह्न सकिन

मुटु मेरो घाईते भयो निशब्द आज दुख्दै छु ।


तिमिले गर्दा आज जिवन यात्र गार्हो भको छ

हत्केलामा साँस च्चापी म जिवनसँग जुद्धै छु ।


प्रेम शिखर चढाएर किन धकेल्यो मलाई

प्रेम प्यारी भएर म आज प्रेमबाट टुट्दै छु ।


अविरलको कलमबाट खबर तिमिलाई

तिमि सधैं खुशी रहनु म दुनियाँबाट उठ्दै छु ।



प्रयास प्रेमी मैथिल आर.एन.मेहता

 


#गजल


यी दिलक' अँगना सजाएक' रख्ने छियौ तोरेल'।

यी ब्याकुल मनके  मनाएक' रख्ने छियौ तोरेल' ।


बेसी  देरि  नैई  कर  लोकके  चक्करमे  पैडक'

यी आँईखमे प्रेम  छुपाएक' रख्ने  छियौ तोरेल' ।


जौं हमर  प्रेम  सच्चा  होतैत'  तू एबिही  जरुर

हम दिल बाटप'  बिछाएक' रख्ने  छियौ तोरेल' ।


एकबेर  तू  घुरिक'  देखही  त'  प्रयास  प्रेमीके

बगैचाक' गुलाब  हिआएक' रख्ने छियौ तोरेल' ।


                             🇳🇵प्रयास प्रेमी मैथिल✍️




गजल


स्वतन्त्रता बोझल अछि माथपर खुल्ला कारागारमे छी ।

पुरुषक तनमे जन्म ल'के जीवनक मझधारमे छी ।


बापके ईच्छा, बहिनके ईच्छा, भाईके ईच्छा, बौहके ईच्छा

माईके खातिर किछो नैई केली सबहक देखारमे छी ।


मलेशिया, साउदी , दुबई अवसरके नै कोनो कमी छै

पहिचान बन्की लगाब खातिर मानवके बजारमे छी ।


रामा कठौला सुनैत सुनैत सुतली रातिक' दुई बजे

याद एलै घरक' ऋण सुरज उगैक' ईन्तजारमे छी ।


विदेससँ घर आवैत हमरा बाबुजी क'देलक भीन

जेष्ठ पुत्र भ'के जे जन्म लेली तै आई हम अन्हारमे छी ।


प्रयास प्रेमी मैथिल



गजल


बढौतरी चढौतरी आ लोकके सन्काबमे बड्ड माहान छी अहाँ ।

अपने पायरमे कुडहारी मारिरहल छी बड्ड नादान छी अहाँ ।


एकबेर र धोका खेलाक' बाद लोक चौकन्ना रहैत छै धोकासँ

कबो काँग्रेस कबो एमाले सच्च बताबु ककर सन्तान छी अहाँ ।


भाई भाईके बिचमे झगडा लगाक' गृहयुद्ध सेहो करबेलौं

बाप बनैक' लेल बापके मरलौं केहेन शुद्ध  सैतान छी अहाँ ।


खेत बेचलौं खरिहान बेचलौं सँगहि बेचलौं अपन बथान

आब देशके उर्जा सेहो बेचै छी कहुँ कतेग गुणवान छी अहाँ ।


बाप पुर्खाके अर्जल अजवारल खाँ खाँके अपने घरमे आई

भाईके सँगमे कुस्ती लडै छी कहुँ केहेन पहलवान छी अहाँ ।

 



गजल


के भनुँ , तपाईले घरको गुन्द्री दुनियाँलाई देखाउनु भयो ।

आफ्नो छोरालाई वैरी र वैरीलाई आफ्नो छोरा बनाउनु भयो ।


सौतेली आमा पनि सौताको छोराको ईज्जतलाई आफ्नो सम्झिन्छ

आमा आफ्नै छोराको ईज्जत उछालेर के नाम कमाउनु भयो ।


यो आमा भन्ने शब्द कति पवित्र छ जसमा कुनै दाग हुँदैन 

आफ्नो नैतिकलाई बेचेर आमा शब्दमा दाग लगाउनु भयो ।


बालपन आमा बिना , योवन बुबाको बिना बिताएको छु मैले

आफ्नो निजि स्वार्थका लागि दुवैले मलाई पाखा धपाउनु भयो ।


अब दु:खलाई अंगाली आफ्नो जिवन यात्रामा हिडिरहेको छु

धन्यवाद छ बुबा आमा की मेरो जिवन यात्रा सम्झाउनु भयो ।


हेर आज सबैले प्रमाणित गर्नुभयो की अविरल एक्लै छ

हो आज अविरल एक्लै छन उसको भाग्यले बताउनु भयो ।


अविरल यात्री


 

गजल


बाँच्ने आशाहरू मरि सक्यो तिम्रो पर्खाईमा   ।

पोलिन म तयार छु काँटी छैन सलाईमा ।


आफ्नो अन्तर मनले सुन्ने कोशिश गर्नुस

मेरो मृत्युको धुन बज्छ तिम्रो सहनाईमा ।


केको हतार थियो की मलाई भनेनौ तिमि

उपहार यो मेरो मुटु लैजाऊ बधाईमा ।


धेरै खुशी छु म तिमिलाई गुमाएर पनि

तिम्रो मन छ मसँग योवन छ पराईमा ।


तिमिलाई यो अविरलको याद आएपछि

झाकेर हेर्नु भेट्छु म मनको गहिराईमा ।


अविरल यात्री

| Copyright © 2016 डिजाईन प्रकाश मैथिल+९७४३३५०५३१४ >