सपोर्ट लघुबित्तले लखन्तरीमा सम्पन्न गर्यो बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम
२०८० फाल्गुन १८ शुक्रबार
कोशी प्रदेश अन्तर्गत मोरंग जिल्ला ग्रामथान गाउँपालिका वडा नं. १ मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय लखन्तरीले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सँचालन गरेको छ । उक्त कार्यक्रममा जेष्ठ नागरिक केन्द्र नं. ०१९ कि कुमारी विश्वकर्मा ज्यू सभा अध्यक्ष, ग्रामथान गाउँपालिका वडा नं. १ वडा अध्यक्ष श्री सुरेश कुमार माझी ज्यू प्रमुख अतिथिको आशन ग्रहण गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा ६६ जना , शाखाको सबै कर्मचारी तथा केन्द्रीय कार्यालयबाट संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी र आन्तरिक लेखा परिक्षक्षण विभागको सोकेन्द्र कुमार रायको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा, बचत, विमा, विप्रेशन सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो । यस क्षेत्रमा सपोर्ट लघुवित्तले अति विपन्न तथा निम्न वर्गको लागि राम्रो काम गरेको तथा सदस्यहरु आत्म निर्भर समेत भएको जानकारी प्रमुख अतिथि ले गर्नु भएको थियो ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने लखन्तरी शाखाको शाखा प्रमुख प्रिति चौधरीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम वडा कार्यालयको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सभाअध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि तथा उत्कृष्ठ केन्द्र , उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ ऋणिहरुलाई प्रसंशा पत्र, खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो । कार्यक्रममा शाखा प्रमुखले स्वागत मन्तव्य संगै कार्यक्रमको उदेश्य तथा महत्वको बारेमा प्रष्ट पार्नु भएको थियो ।
उक्त कार्यक्रममा संचालन, अनुगमन तथा अनुपालना/कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम सँयोजक सँजय कुमार चौधरी तथा आन्तरिक परिक्षण विभागको सोकेन्द्र कुमार रायले प्रशिक्षकको रुपमा प्रशिक्षण गरेको जानकारी सोहि शाखाको शाखा प्रमुखले दिनु भएको छ । उक्त कार्यक्रम विहान १०ः३० वजेदेखि बेलुका ५ः०० वजे सम्म् सँचालन भएको थियो ।















